ad ad

कोशी


सशस्त्र प्रहरीमा चलाइयो आन्तरिक स्वास्थ्य शिविर

सशस्त्र प्रहरीमा चलाइयो आन्तरिक स्वास्थ्य शिविर

नेपालखबर
चैत ४, २०८० आइतबार १८:३२, काठमाडौँ

सशस्त्र प्रहरी बलले आन्तरिक स्वास्थ्य शिविर चलाउन थालेको छ। 

सशस्त्र प्रहरी कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई उच्च प्राथमितामा राखी रोग लाग्नै नदिने योजनासहित आन्तरिक स्वास्थ्य शिविर थालिएको हो। 

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले गणमातहत युनिटमा ( प्रस्तावित सीमा गुल्म, बीओपी, र सुरक्षा बेस ) का सशस्त्र प्रहरी कर्मचारीहरूको विस्तृत स्वास्थ्य परीक्षण गर्न शिविर चलाएको हो। 

उक्त शिविरमा सबैको स्वास्थ्य अवस्थाबारे रेकर्ड अध्यावधिक गर्ने, सशस्त्र प्रहरीलाई आफ्नो स्वास्थ्यबारे काउन्सिलिङ गरि जानकारी गराउने र स्वास्थ्यसम्बन्धी अरु ज्ञान दिने उद्देश्य राखिएको छ।

पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकलीको समन्वय तथा जिल्ला अस्पताल इनरुवा र जनस्वास्थ्य कार्यालयको औषधि लगायत स्वास्थ्य सामग्रीको सहयोगमा आइतबारदेखि ६ दिने आन्तरिक स्वास्थ्य शिविर कार्यक्रम चलाइएको हो।

उक्त शिविरमा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकलीबाट अस्पताल प्रमुख सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलासहित ५ जनाको मेडिकल टिम खटिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .