कोशी


एसियाली राजमार्ग निर्माणका लागि अलकत्रा बोकेको गाडीमा आगो लाग्यो

एसियाली राजमार्ग निर्माणका लागि अलकत्रा बोकेको गाडीमा आगो लाग्यो

सुमन सुस्केरा
असार ७, २०८२ शनिबार १९:३३, विराटनगर

मोरङको बेलबारीमा शनिबार अपराह्न सडक निर्माण सामग्री बोकेको गाडीमा आगलागी भएको छ।

बेलबारी नगरपालिका–८ स्थित भाउन्ने क्षेत्रको एसियन हाइवे निर्माण स्थलमा कार्य भइरहेका बेला प्रदेश १–०२–००१ क ५१२४ नम्बरको गाडीमा एक्कासी आगो लागेको हो।

दिउँसो करिब ४ बजेतिर अलकत्रा बोकेको गाडीमा आफैं आगो लागेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्।

उनका अनुसार गाडीमा अलकत्रा भएकाले अत्यधिक तातिएपछि आगलागी भएको अनुमान गरिएको छ। ‘निर्माण कार्य भइरहेका बेला नोजलको जाम भएको कारण आगलागी भएको प्राबिधिकले बताएका छन्,’ डिएसपी चुडालले भनिन्, ‘मानवीय क्षति भने नभएको र आगो नियन्त्रणमा लिइएको छ।’

घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad