राजनीति


खेलाडीको जस्तो पवित्र भावना शासकहरुमा भइदिए दुनियाँ ढुक्कले सुत्नसक्ने हुन्थ्यो : प्रधानमन्त्री ओली

खेलाडीको जस्तो पवित्र भावना शासकहरुमा भइदिए दुनियाँ ढुक्कले सुत्नसक्ने हुन्थ्यो : प्रधानमन्त्री ओली

नेपालखबर
असार ७, २०८२ शनिबार १९:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुको जस्तो पवित्र भावना विश्वका शासकहरुमा भइदिने हो भने दुनियाँ ढुक्कसँग निदाउन सक्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई पुरस्कार प्रदान गर्दै उनले युद्धरत देशका शासकहरुको मष्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्ने उल्लेख गरे।

‘आज दुनियाँमा कता विभिन्न ठाउँमा युद्ध भइरहेको छ, ती युद्धकारीहरुको मष्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्छ,’ ओलीले भने, ‘अर्को देशमा हमला गरेर, मान्छे मारेर, फलानोलाई मार्छु भनेर जित्नु भन्दा खेल खेलेर जित्नु राम्रो हुन्थ्यो। खेलाडीहरुको जस्तो पवित्र भावना विश्वका शासकहरुमा भइदिने हो भने दुुनियाँ धेरै शान्तिपूर्ण हुन्थ्यो। रमणीय हुन्थ्यो, ढुक्कले सुत्नसक्ने हुन्थ्यो। निर्दोष बालबालिका मारिनुपर्ने थिएन। हस्पिटलमा भएका विरामी, गर्भभित्रै भएका विरामी मारिनुपर्ने थिएन।’

प्रधानमन्त्री ओलीले शान्ति र मित्रताको पक्षमा खेलको धेरै महत्व रहेको समेत बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad