समाज


भारतमा बन्धक बनाइएका ३५ नेपाली युवाको उद्धार

भारतमा बन्धक बनाइएका ३५ नेपाली युवाको उद्धार

नेपालखबर
असार ७, २०८२ शनिबार १९:५६, काठमाडौँ

आकर्षक रोजगारीको झुटो आश्वासनमा फसाई भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको छ।

नेपाली राजदूतावास, नयाँ दिल्लीका अनुसार पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्‍याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। 

घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्थाको सहयोगमा असार ५ गते उद्धार कार्य सम्पन्न गरेको हो।

उद्धारपछि घटनामा संलग्न केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ भने अन्य स्थानमा अझै पनि नेपालीहरू बन्दी बनाइएका हुन सक्ने आशंकामा खोजी र उद्धार कार्य जारी रहेको दूतावासले बताएको छ। 

दूतावासले उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्काइने जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad