कोशी


झापामा खोलामा डुबेको अवस्थामा महिला मृत फेला

झापामा खोलामा डुबेको अवस्थामा महिला मृत फेला

नेपालखबर
साउन २५, २०८२ आइतबार २१:८, झापा

झापाको मेचिनगर नगरपालिका–७ सिद्धार्थ टोलस्थित पालिया खोलामा एक महिला मृत फेला परेकी छन्।

आज बिहान करिब ९:३० बजे खोलामा घोप्टो परेर अन्दाजी ५० देखि ५५ वर्ष उमेरकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र वतन खुल्न बाँकी छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतसहितको टोली पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मेचि पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad