कोशी


मोरङ कारागारको शौचालयमा मृत फेला परिन् महिला कैदी

मोरङ कारागारको शौचालयमा मृत फेला परिन् महिला कैदी

मोरङ जिल्ला कारागार


नेपालखबर
भदौ ११, २०८२ बुधबार ११:३४, विराटनगर

मोरङ जिल्ला कारागारमा एक महिला कैदी मृत अवस्थामा फेला परेका छन्।

कैदी राधा भट्टराई बुधबार बिहान शौचालयमा मृत अवस्थामा फेला परेको कारागार प्रशासनले जनाएको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर २ घर भएकी भट्टराई शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। 

आफ्ना दुई सन्तानसहित सप्तकोसीमा हाम्फाल्दा नवजात शिशुको मृत्यु भएपछि राधा कर्तव्य ज्यान मुद्दामा जेल परेकी थिइन्।

२०८० माघ ५ देखि मोरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २० वर्ष कैद सजाय सुनाएको थियो।

राधालाई केही समयदेखि मानसिक समस्या रहेको जानकारी प्राप्त भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

उनले भने, ‘अस्ति तीजको अवसरमा कार्यक्रममा म पनि त्यहाँ पुगेको थिएँ, त्यति बेला पनि उनलाई सम्हालेर राख्नुपरेको थियो।’

घटनाबारे थप अनुसन्धान भइरहेको र परिवारलाई खबर गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad