झापाको भद्रपुरमा मेसिनले खुट्टा काटिँदा एक जनाको भएको छ।
प्रहरीका अनुसार ग्राइन्डर मेसिनले खुट्टा काटिएर गम्भीर घाइते भएका भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रमेश परियारको उपचारका क्रममा गएराति मृत्यु भएको हाे।
शुक्रबार साँझ करिब ५ बजे गाईवस्तुको खुर मिलाउने क्रममा ग्राइन्डर मेसिनले उनको अचानक बायाँ खुट्टा काटिएको थियो।
परिवारले तत्कालै उनलाई बी एन्ड सी अस्पताल (बिर्तामोड) पुर्याए पनि उपचारका क्रममा करिब राति ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार अत्यधिक रक्तस्रावका कारण परियारको मृत्यु भएको हो।
129
Shares

प्रतिक्रिया