आज शनिबार दिउँसो पाँचथरमा बोलेरो दुर्घटना भएको छ।
तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका-३ मा बोलेरो दुर्घटना भएको हो।
धरानबाट ताप्लेजुङतर्फ जाँदै गरेको बोलेरो सडकबाट खसेको पाँचथर प्रहरीले जानकारी दिएको छ।
दुर्घटनास्थलबाट अहिलेसम्म चार जनालाई उद्धार गरिएको छ। स्थानीयले घाइतेहरूलाई उद्धार गरी धरानतर्फ पठाएका छन्।
उद्धार जारी रहेको जनाइएको छ। दुर्घटनाको विस्तृत जानकारी प्राप्त हुन बाँकी छ।
132
Shares

प्रतिक्रिया