कोशी


सामाजिक सञ्जालको भ्रम चिर्न युवालाई ओलीको आग्रह

सामाजिक सञ्जालको भ्रम चिर्न युवालाई ओलीको आग्रह

नेपालखबर
माघ ८, २०८२ बिहिबार २१:५५, ​गौरादह (झापा)

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामबारे ग्रामीण तहसम्म पुगेर मतदातालाई बुझाउन सुरु गरेका छन्।

आसन्न निर्वाचनलाई लक्षित गर्दै बिहीबार झापाको गौरादहमा आयोजित अगुवा कार्यकर्ता तथा मतदातासँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सडक, पुल, विद्युत् र खानेपानी जस्ता आधारभूत पूर्वाधारमा एमाले नेतृत्वको सरकारले गरेको उपलब्धिलाई मुख्य चुनावी एजेन्डा बनाउन जोड दिए।

ओलीले ग्रामीण क्षेत्रको समृद्धिमा नेकपा एमालेको निर्णायक भूमिका रहेको दाबी गर्दै आज देखिएका धेरैजसो पूर्वाधार विकासका काम एमालेकै नेतृत्वमा सम्भव भएको बताए।

उनले सामाजिक सञ्जालमा फैलाइने भ्रम र अफवाहप्रति सचेत रहन आग्रह गर्दै यथार्थ र तथ्यका आधारमा जनतालाई बुझाउने जिम्मेवारी कार्यकर्ताको काँधमा रहेको उल्लेख गरे।

​यो निर्वाचन सामान्य सत्ता परिवर्तन मात्र नभई राष्ट्रियता र मुलुकको स्वाधीनता जोगाउने लडाइँ भएको बताउँदै उनले बाह्य शक्तिको प्रभाव र अस्थिरताको राजनीतिबाट देशलाई जोगाउन एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिए।

गौरादह र गौरीगञ्ज क्षेत्रका स्थानीय समस्या र निर्वाचन रणनीतिबारे सहभागीका जिज्ञासा मेटाउँदै ओलीले पार्टी संगठनलाई थप सुदृढ बनाउन निर्देशन समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad