कोशी


झापामा चट्याङले मध्यराति घर ध्वस्त

झापामा चट्याङले मध्यराति घर ध्वस्त

सुमन सुस्केरा
चैत ७, २०८२ शनिबार ९:२०, झापा

झापाको गौरादह नगरपालिकामा चट्याङका कारण मध्यराति घरमा आगलागी भएको छ। 

प्रहरीका अनुसार ​गौरादह नगरपालिका-६ धोपा टोलस्थित अजय कुमार झाको घरमा चट्याङ पर्दा शुक्रबार ११:३० बजेतिर आगलागी भएको हो।

५० वर्षीय झाको टिनको छानो र बाँसको टाँटीले बेरेको एकतले भान्साघर र त्यसैसँग जोडिएको गोठ (ग्वाली) मा आगलागी भएको हो। 

प्रहरीका अनुसार मानिसलाई भने केही हुन पाएन। 

आगलागीबाट भान्साघर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घरभित्र रहेका ग्यास सिलिन्डर, ८० केजी चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाँडाकुँडा, अन्नपात र फर्निचर जलेका छन्।

यस्तै गोठमा रहेका ६ वटा बाख्रा (२ वटा माउ र ४ वटा पाठा) समेत जलेर मरेका छन्।

​प्रहरीका अनुसार आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

घटनालगत्तै खटिएको गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा राति १ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad