ad ad

जीवनशैली


तनाव व्यवस्थापनका लागि खानुहोस् यी खानेकुरा

तनाव व्यवस्थापनका लागि खानुहोस् यी खानेकुरा

नेपालखबर
असार १२, २०७९ आइतबार १३:३३, काठमाडौँ

अहिलेका धेरै मान्छेको जीवनशैली निकै व्यस्त छ। आजका हरेक मानिसमा उमेर अनुसारको तनाव छ। राम्रो शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका तनाव बोकेर हिँडिरहेका मानिसहरुले आफ्नो खानपानमा भने खासै ध्यान दिएको पाइँदैन।

विभिन्न अनुसन्धानले खानपानले मानिसका तनाव व्यवस्थापन गर्न सक्ने बताइसकेका छन्। पोषणविद् सुवर्ण गुरागाईंले तनाव व्यवस्थापन गर्ने र मन शान्त बनाउने केही खानाको टिप्स दिएका छन् –

दही

दही खानाले तनाव कम भई मन शान्त रहने पोषणविद् सुवर्ण गुरागाईं बताउँछन्। दहीमा हुने माइक्रो ब्याक्टेरियाले चिन्ता तथा तनाव कम गर्न मद्दत गर्दछ। दही सजिलै हाम्रो भान्छामा उपलब्ध हुन्छ।

डार्क चकलेट

डार्क चक्लेट सेवनले पनि मानिसको तनाव, चिन्ता र उदासी कम गर्न मद्दत गर्दछ। चकलेटमा हुने एन्टी अक्सिडेन्टहरूले मस्तिष्कको कार्यमा सुधार गर्छ। डार्क चक्लेट सेवनले रक्त सञ्चारमा पनि सुधार आउँछ।

ग्रिन टी

ग्रिन टीमा दिमागलाई स्वस्थ राख्नुका साथै तनाव कम गर्ने तत्व हुन्छ। हरियो एलथियानिन भन्ने विषेश एमिनो नामक एसिड हुन्छ। जुन एसिडले तनाव व्यवस्थापन गर्छ। यो एसिडले कार्टिसोल हर्मोनको व्यवस्थापन गर्छ। कार्टिसोल हर्मोनको बृद्धिको कारण व्यक्ति तनावग्रस्त हुन्छन्।

बेसार

बेसार सेवन मस्तिष्कका लागि फाइदाजनक मानिन्छ। बेसारमा रहेको कक्र्युमिन नामक तत्वले चिन्ता र तनावलाई कम गर्छ। कक्र्युमिन ओमेगा फैटी थ्री एसिडले डीएचएलाई बढाउँछ। जुन तनाव कम गर्ने सबैभन्दा उत्तम प्रकृया हो।

तनाव व्यवस्थापनका लागि खानपानले निक्कै ठूलो भूमिका खेल्ने गर्छ। धेरै तनाव भएका बेला सधैं खाइरहेको भन्दा फरक खाना खानुहोस्। केरा, अम्बा, स्याउ, जौ, कुरिलो, दूधलगायतका खानेकुरा पनि तनाव व्यवस्थापनमा सहयोगी हुन्छन्।

खानपानका साथै आफ्नो दिनचर्यामा पनि सन्तुलित बनाउनुपर्ने हुन्छ। आफ्नो दैनिकीलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गर्नुपर्छ।  नियमित व्यायाम र आरामले तनावबाट बाहिर निस्कन मद्दत गर्छ।

धेरैको बानी तनाव भएपछि एक्लै बस्ने हुन्छ। तर तनाव भएपछि समुहमा सहभागी हुनुपर्छ। समूहको बसाइ र छलफलले मानसिक स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ। तनावको बेला एक्लै बसेर मनमा कुरा खेलाउनाले मानिसहरु डिप्रेसनको शिकारसमेत हुने गर्छन।

तनाव व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण पाटो तनावको सामना गर्नु हो। कुन अवस्था र व्यवहारले तनावमा पुर्‍यायो भन्ने कुराको पहिचान गरी स्वीकार गर्न सकेको खण्डमा आफूमा तनावको कम प्रभाव पर्दै जान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .