ad ad

राजनीति


पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन : रवीन्द्र मिश्र

पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन : रवीन्द्र मिश्र

फाइल तस्बिर


नेपालखबर
असार १२, २०७९ आइतबार १३:२७, काठमाडौँ

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले आफूले राजनीतिबाटै नभई पार्टीको अध्यक्ष पदबाट मात्र राजीनामा दिएको बताएका छन्। 

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको लज्जास्पद हार भएपछि उनले केही दिनअघि अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। तर यसलाई कतिपयले राजनीतिबाटै बाहिरिन खोजेको शंका गरेको भन्दै उनले स्पष्टीकरण दिएका हुन्।   

‘मेरो मौनताबाट कतिपय शुभेच्छुकहरूमा म कतै राजनीतिबाटै बाहिरिन लागेको हुँ कि भन्ने शंका उब्जिएको पाएँ,’ उनले आइतबार सामामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो। राजनीतिबाट होइन।’

पार्टीमा रहेका १६३ जना केन्द्रीय सदस्यले पार्टीलाई अगाडि लाने विश्वास लिएको उनले बताएका छन्। 

‘पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ। पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु। म साधारण सदस्य रहने नै छु,’ उनले भनेका छन्, ‘राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो।’

आफ्ना लक्ष्य हासिल गर्ने प्रयासबाट विचलित नभएको उनले बताएका छन्। ‘ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन,’ मिश्रले भनेका छन्, ‘कसरी त्यो सम्भव होला भन्ने मन्थन मै छु। मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु। सबैको साथ पाए निश्चय पनि लक्ष्यमा पुग्न सहज हुनेछ।’

अन्यथा, देशका लागि जे गर्दा राम्रो हुन्छ त्यसबारे विश्वास दिलाउन प्रयास गरिरहने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .