ad ad

जीवनशैली


‘लङ डिस्टेन्स रिलेसनसिप’ सुमधुर बनाउने पाँच सूत्र

‘लङ डिस्टेन्स रिलेसनसिप’ सुमधुर बनाउने पाँच सूत्र

नेपालखबर
साउन ११, २०७९ बुधबार १४:११, काठमाडौँ

सम्बन्ध सधैं एकैनासको हुँदैन। त्यसमा पनि ‘लङ डिस्टेन्स रिलेसनसिप’मा अझै धेरै जटिलता आउन सक्छ।

त्यसैले यस्तो सम्बन्धलाई सधैं सुमधुर राख्न केही कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ। विशेषगरी यस्तो सम्बन्धमा असमझदारी बढने सक्ने जोखिम बढी हुन्छ। 

लङ डिस्टेन्स रिलेसनसिपलाई सुमधुर बनाइराख्न ठूलो धैर्य र समझदारी आवश्यक पर्छ। 

यहाँ लङ डिस्टेन्स रिलेसनसिपलाई सुमधुर राख्न आपश्यक पर्ने केही कुरा उल्लेख गरिएको छ। 

१. नियमित संवाद 
एकापसमा नियमित संवाद हुनु लङ डिस्टेन्स रिलेसनसिपको लागि अक्सिजनजस्तै हो। राम्रो संवाद हुँदासम्म सम्बन्ध कायम हुन्छ। यस किसिमको संवादबाट एकअर्काको सानोभन्दा सानो कुरा पनि थाहा हुन्छ र एकअर्काप्रतिको समझदारी पनि बढ्छ। 

यद्यपि संवादको प्रयास भने दुवैतर्फ उत्तिकै हुनु जरुरी हुन्छ। एकपक्षीय रुपमा मात्र संवादको प्रयास हुनाले भने समस्या सिर्जना गर्न सक्छ। 

२. स–साना कुरामा ध्यान दिनु 
लङ डिस्टेन्स रिलेसनसिपमा भएका मानिसले सानोभन्दा सानो कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। यस्तो सम्बन्धमा बोलिने शुभ प्रभातदेखि शुभरात्रि सम्मका शब्दले पनि ठूलो अर्थ राख्छ। 

३. खुसीको मामिलामा  निर्भर नहुनु 
कहिलेकाहीँ मानिसहरु आफ्नो खुसीका लागि एकअर्कामा निर्भर हुन्छन्। तर, यस्तो बानीले लङ डिस्टेन्स रिलेसनसिपलाई थप जटिल बनाउन सक्छ। एकअर्काको काम र व्यवस्तालाई बुझ्ने प्रयास गर्नुपर्छ। अन्यथा तपाईँलाई आफू एक्लो भएको महसुस हुन सक्छ। 

४. विवाद तत्काल सुल्झाउनु 
लङ डिस्टेन्स रिलेसनसिपमा कुनै पनि सानोभन्दा सानो विवाद वा समस्या भने पनि त्यसलाई बेवास्ता गर्नु हुँदैन। त्यस्ता समस्या देखिए तत्कालै त्यसको समाधान गर्नुपर्छ। यसले कुरा थप बढ्न पाउँदैन र एकअर्काप्रति स्पष्ट हुने अवसर पनि मिल्छ। 

५. एकअर्काको लागि समय निकाल्नु 
लङ डिस्टेन्स रिलेसनसिपमा एकअर्कासँग नजिक हुन नपाइने भएकाले एकअर्काको लागि सकेसम्म धेरै समय निकालेर कुराकानी गर्नु जरुरी हुन्छ। यसरी तपाईंले आफ्नो मान्छेलाई सँगै भएको जस्तो आभाष गराउन सक्नुहुन्छ। 

कहिलेकाहीँ मात्र हुने कुराकानीले लङ डिस्टेन्स रिलेसनसिप सुमधुररुपमा अघि नबढ्न सक्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .