जीवनशैली


ज्वानो : सुत्केरीलाई मात्र होइन अन्य रोगका लागि पनि बहुउपयोगी

ज्वानो : सुत्केरीलाई मात्र होइन अन्य रोगका लागि पनि बहुउपयोगी

फाइल।


नेपालखबर
माघ १९ , काठमाडौँ

ज्वानोले सयौं किसिमका खाना पचाउन मद्दत गर्छ। नेपालमा मात्र नभइ छिमेकी मुलुक भारत पाकिस्तानमा पनि ज्वाना प्रयोग हुन्छ। 

भारतका केही भागमा त ज्वानोले हैजालाई पनि ठीक गर्छ भन्ने विश्वास समेत गरिन्छ।

सुत्केरीका लागि ज्वानो महत्त्वपूर्ण खाद्य मानिन्छ।

यो बालबालिका, वृद्ध सबैका लागि भोजन र औषधी दुवै हो। यसमा रहेको क्याल्सियम उच्चकोटिको हुन्छ र शरीरमा सजिलैसँग पच्छ। ज्वानोमा अत्यन्त धेरै क्याल्सियम हुन्छ। यसले हाडलाई बलियो बनाउँछ। 

यी समस्या हुँदा खान सकिन्छ ज्वानो
ग्यास भरिँदा

तीन/चार चम्चा ज्वानोलाई कागतीको रसमा भिजाउने र छायाँमा सुकाउने। पूरै सुकेपछि यसमा अलिकति बिरेनुन हाल्ने र दिनको दुईपटक अलिकति तातो पानीसँग चपाएर खाने। त्यसबेलामा चिल्लो, पिरो र मासु नखानु राम्रो हुन्छ।

बच्चाहरूको नाक बन्द हुँदा
आधा मुठीजति ज्वानोलाई अलि/अलि थिचेर एउटा कपडामा बाँधेर बच्चाको सिराननिर राख्ने। त्यसको गन्धले बच्चाहरूको नाक खुल्न मद्दत गर्छ।

चिसो लागेका बेला
आधा चम्चा ज्वानोको धुलो र एक चम्चा बेसार एक गिलास पानीमा राखी उमाल्ने र सहन सक्ने तातो पिउने।

नाक बन्द भएका बेला
एउटा भाँडोमा पानी हाली एक चम्चा ज्वानो पानीमा उमाल्ने र पानीको वाफ लिने।

खोकी लाग्दा
आधा चम्चा ज्वानो, दुई/तीन वटा ल्वाँग र अलिकति नुन पानीमा मिसाएर बारम्बार पिउने। 

सुत्केरीलाई पनि ज्वानोको सुप बनाएर पिउन दिने चलन छ। बिरामीबाट तङ्ग्रिन लागेका बालकदेखि वृद्धसम्म सबैलाई ज्वानोले पाइदा गर्छ। कुपोषण भएका बालबालिकालाई ज्वानोको सुप पिउन दिएमा उनीहरूको स्वास्थ्य राम्रो हुँदै जान्छ।

माघ १९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.