जीवनशैली


के हो रक्तश्राव भइरहने हेमोफिलिया?

के हो रक्तश्राव भइरहने हेमोफिलिया?

नेपालखबर
फागुन २, २०७९ मंगलबार १८:५७, काठमाडौँ

हेमोफेलिया भनेको रगतजन्य रोग हो। शरीरमा रगत जमाउने ‘क्लटिङ फ्याक्टर’ हुन्छन् तर हेमोफिलियाका बिरामीमा भने त्यो फ्याक्टरको कमी हुन्छ। जसले गर्दा कही कारणबश रगत बग्यो भने थामिंदैन। 

हेमोफिलियालाई रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत रोगका रुपमा पनि लिइने हेमाटोलोजिष्ट विशेषज्ञ डा नीरज कुमार सिंहले बताए।

सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने ‘क्लटिङ फ्याक्टर’ हुन्छ तर हेमोफिलिया भएकाहरुमा क्लटिङ फ्याक्टर कम हुने भएकाले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तश्राव भइरहने उनी बताउँछन्। 

डा. सिंहका अनुसार हेमोफेलियालाई माइल्ड, मोडरेट र सिभियर गरेर तीन भागमा विभाजन गरिएको हुन्छ। 

‘रगतमा भएको फ्याक्टरको मात्रा १ प्रतिशतभन्दा कम भएमा सिभियार, १ देखि ५ प्रतिशतभन्दा कम भएमा माइल्ड र ५ भन्दामाथि भएमा न्यून हेमोफिलिया भनिन्छ’ उनले भने। 

हेमोफेलियाका तीन प्रकारमध्ये सिभियर हेमोफेलियालाई जटिल मानिन्छ। नेपालमा सबैभन्दा बढि करिब ८० प्रतिशतमा सिभियर बिरामीको संख्या रहेको उनले जानकारी दिए। 

‘हेमोफेलियालाई दुर्लभ रोग पनि मानिन्छ। सिभियर हेमोफेलिया निकै जटिल अवस्था हो। सिभियर हेमोफेलिया भएका व्यक्तिमा बिना कारण बस्दा बस्दै पनि रगत बगिरहने हुन्छ’ उनले भने। 

एकदेखि पाँच प्रतिशत फ्याक्टर भएका व्यक्तिलाई भने मोडरेट भनिन्छ यो समस्या भएका व्यक्तिहरुमा भने हल्का चोटपटक लाग्यो, हाडजोर्नीहरुमा केहि भार पर्यो भने सुनिने र रगत बग्ने जस्ता समस्या देखिने उनले जानकारी दिए।

त्यस्तै, माइल्ड भनेको पाँच प्रतिशत भन्दा बढि फ्याक्टर भएकालाई मानिन्छ। यसमा यतिकै रगत नबग्ने तर अप्रेशन वा कतै चोटपटक लाग्यो भने रगत नै नरोकिने समस्या देखिन्छ। 

हेमोफेलियाले उत्पन्न गराउने मुख्य समस्या भनेको रगत बगेपछि जम्न नदिने र निकै दुखाई हुने हो। 

हेमोफेलिया बंशानुगत अर्थात आमापक्षको बंशबाट सर्दै आउने रोग हो। यो रोग पुरुषलाई मात्र लाग्ने उनले बताए। 

हेमोफेलियाको उपचार निकै खर्चिलो भएकाले सबै जना उपचारलाई निरन्तरता दिन नसकेकै कारण बिरामीहरु मध्ये धेरै अपाङ हुनु परेको समेत उनले जानकारी दिए।

लक्षण
शरीरमा निलडामहरु देखिने, जोर्नी तथा मांशपेशीहरु सुन्निने, दुख्ने हुन्छ।

कतै थोरै ठोक्किँदा, दाँत फेरिँदा, काट्दा वा शल्यक्रिया गर्दा धेरै समयसम्म रक्तश्राव भइराख्ने।

शरीरमा क्लटिङ फ्याक्टरको कमी हुने।

रगतमा रहेको फ्याक्टर एस्सेबाट हेमोफेलियाको पहिचान गरिन्छ। हालसम्म हेमोफेलियाको पहिचान काठमाडौंको केन्द्रीय प्रयोगशाला टेक त्रिवि शिक्षण अस्पताल महराजगञ्ज र निजामती कर्मचारी अस्पतालमा परीक्षण गर्न सकिन्छ।

नेपालमा कति छन् बिरामी?
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक वर्ष जन्मिने दश हजार शिशु मध्ये एक जना हेमोफेलिया रोग लिएर जन्म हुने उल्लेख गरिएको छ। 

नेपाल हेमोफेलिया सोसाइटीका अनुसार हाल नेपालमा आठ सयको हाराहारीमा हेमोफेलियाका बिरामीहरु संस्थामा जोडिन आइपुगेको संस्थाका उपाध्यक्ष मुकुन्दमणि घिमिरेले बताए। 

जनचेतना अभावकै कराण हेमोफेलियाका धेरै बिरामीहरु रोगको पहिचान गर्न नसकेर बसिरहेको उपाध्यक्ष घिमिरेको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .