जीवनशैली


महिनावारीको समयमा बिदा दिने यी देशहरू

महिनावारीको समयमा बिदा दिने यी देशहरू

नेपालखबर
फागुन २५ , काठमाडौँ

महिनावारीको समयमा स्पेनका महिलाहरूले हरेक महिनाको तीन दिन छुट्टी पाउने गर्छन्। 

महिनावारीको समयमा तलब नकाटेर तीन दिन छुट्टि दिने यूरोपकै यो पहिलो देश हो। 

स्पेनका मन्त्री आयरीन मोंटेरोलेको पहलमा सरकारले महिनावारीका बेलामा छुट्टि दिने व्यवस्था ल्याएको हो। 

स्पेनी महिलाहरुको हितका लागि सरकारले ल्याएको यस फैसलालाई सबै राष्ट्रले प्रगतिशील मानिरहेका छन्। 

स्पेनले ल्याएको उक्त व्यवस्थालाई भारत लगायत अन्य देशहरुले पनि किन नअपनाउने भनेर चौतर्फिरुपमा बहस गरिहेका छन्। 

भारतका केही राज्यहरु पनि छन् जहाँ महिनावारीको समयमा बिदा दिने व्यवथा छ। ती मध्ये बिहार पहिलो राज्य हो जहाँ महिनावारीको समयमा छुट्टि दिने व्यवस्था गरेको। 

सन् १९९२ मा राष्ट्रिय जनता दलका नेता लालू प्रसाद यादवको सरकारले हरेक महिना महिनावारीको बेलामा दुई दिन बिदा दिने व्यवस्था लागू गरेका हुन्। 

त्यस्तै केरल राज्यका मुख्यमन्त्री पिनराई विजयले पनि उच्च शिक्षा पढ्ने सबै छात्राहरुलाई छुट्टि दिने भनेर घोषण गरेका छन्। 

एशिया महादेशको कुरा गर्दा चाहिँ जापान पहिलो एउटा यस्तो देश हो जहाँ महिनावारीको समयमा छुट्टि दिइन्छ। जापानमा सन् १९४७ देखि नै छुट्टि दिने व्यवस्था गरिएको हो। 

त्यस्तै, इन्डोनेशियामा पनि महिनावारीको समयमा जुन महिलालाई बढी समस्या हुन्छ उनीहरुलाई दुई दिनसम्म काम नलगाउने भन्ने प्रवाधान रहेको छ। 

यी देश बाहेक फिलीपिन्स र अफ्रिकी देशहरू जस्तै जÞाम्बियामा पनि महिनावारीको अवधिमा एक दिनको छुट्टी दिने व्यवस्था रहेको छ। 

(बीबीसी हिन्दीबाट अनुवाद गरिएको)

फागुन २५, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .