हिन्दु धर्म अनुसार सुभकार्यको सुरुवात दही खुवाएर गरिन्छ।
दही स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ। दहीमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ।
दहीमा प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्व पाइन्छ।
रोग प्रतिरोधक क्षमता बढाउन
दहीले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी गर्छ। यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। दाँतसँग सम्बन्धित रोगहरूलाई पनि यसले फाइदा गर्छ।
पाचन शक्तिमा बृद्धि
दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ। दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्धत गर्छ।
मुटुको समस्यामा फाइदा
दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ। यसले कोलस्टेरोललाई घटाउन मद्दत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्दत गर्छ।
तौल बढाउन
पातलो व्यक्तिहरूले यदी दहीमा किशमिश, बदाम, छोकडा मिसाएर खाने गरे तौल बढ्छ।
सौन्दर्य
दही शरीरमा लगाएर नुहाउनाले छाला कोमल र राम्रो हुन्छ। दहीमा कागतीको रस मिसाएर अनुहार, घाँटी, हातमा लगाउनाले छाला निकै स्वस्थ र मुलायम हुन्छ। दहीको लस्सीमा मह मिसाएर पिउनाले पनि सौन्दर्यतामा निखार आउँछ।
प्रतिक्रिया