साहित्यकार शेखर अर्यालका दुई कृतिमाथि परिचर्चा भएकाे छ।
अखिल नेपाल लेखक संघले आयाेजना गरेकाे बातलाबा-२४ मा काकालाई चिठी र कलममा समीक्षकले परिचर्चा गरेका हुन्।
अर्यालका 'काकालाई चिठी' कविता संग्रह र 'कलम' बाल कविता संग्रहमाथि पद्मोदय स्कुलमा शनिबार परिचर्चा भएको हो।
समीक्षक डा. शेखर कुमार श्रेष्ठ र डा. काैशिला रिसालले अर्यालका कवितामाथि समीक्षा गरेका थिए।
समीक्षक श्रेष्ठले अधिकांश कविता कक्षा १ देखि ५ सम्मका पाठ्यक्रममा समावेश भएकाे बताउँदै केही कमजाेरी सुधार गर्दै जानुपर्ने बताए।
उनले बच्चाका लागि लेखिने कविता सहज हुनुपर्ने पनि उल्लेख गरे।
त्यस्तै डा. रिसालले कतिपय कविताकाे अर्थ बुझ्न अप्ठ्याराे रहेकाले सुधार गर्न सुझाव दिइन्। प्रध्यापन पेशामा आबद्ध अर्यालले समीक्षकले दिएका सुझाव मनन गर्दै लेखनमा अघि बढ्ने बताए।
अखिल नेपाल लेखक संघले बातलाबा हरेक महिनाकाे दाेस्राे शनिबार गर्दै आएकाे छ।
प्रतिक्रिया