ad ad

साहित्य


जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो‘ सार्वजनिक

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो‘ सार्वजनिक

नेपालखबर
चैत २४, २०८० शनिबार १६:५, काठमाडौँ

काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो‘ सार्वजनिक भएको छ।

लेखक दर्लामीले आफ्नो उपन्यासको कथा–कालमा हुर्केकी ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गर्दै उपन्यास लोकार्पण गरे। 

काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभा काफ्लेलाई गरिएको पुस्तक हस्तान्तरण अबको युग नयाँ पुस्ता अर्थात् सशस्त्र द्वन्द्वकालमा जन्मे–हुर्केको पुस्ताहरूको हो भन्ने प्रतीकात्मक संकेत थियो। 

नेपाल संकटकालमा हुँदा जन्मिएकी ईभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको आफ्नो अनुभूति कार्यक्रममा सुनाएकी थिइन्। 

आफ्नो उपन्यासबारे नयाँ पुस्ताबाट मन्तव्य सुन्न पाउँदा दर्शकदीर्घामा बसेका लेखक दर्लामी भावुक भएका थिए। 

‘समाजविज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन। चिन्दै नचिनेको देश हामीले कसरी बनाउनेरु हामी कहाँबाट आयौँ रु अहिले कहाँ छौँ रु यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ ।’  उनले भनिन।

दुई दिन पहिले मात्र आफ्नो पुस्तक विमोचनका लागि बुटवलबाट काठमाडौँ आइपुगेका लेखक जेबी दर्लामीले पब्लिकेशन नेपालयको आर्टशालामा आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे।

 

‘घर नजिक स्कुल नभएका कारण र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कुल तह पनि पूरा गर्न सकिनँ,’ लेखक जेबी दर्लामीले भने, ‘पढ्ने बेलामा पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ ।’

अहिले पनि टेलिफोन, बाटोघाटो, विद्युत् नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका लेखक दर्लामीले  उपन्यास लेख्दाको अनुभव सुनाए। 

उनले भने, ‘म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ। मैले केही भोगेको, केही देखेको र केही महसुस गरेको समयलाई इमानदारीपूर्वक अक्षरमा उतारेको हुँ।’

लेखक जेबी दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन्। यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक प्रकाशित छन् । 

द्वन्द्वकालमा केही समय प्रत्यक्ष सरिक हुन पुगेका दर्लामीको यो कथावाचनलाई ‘फस्र्ट पर्सन अकाउन्ट’का रुपमा महसुस गर्न सकिन्छ ।      

१ सय ३४ पृष्ठको ‘मारीखोलाको ढुङ्गो’ पुस्तकको मूल्य ३ सय ४५ रुपैयाँ रहेको छ। पुस्तक देशभरका पुस्तक पसलमा उपलब्ध छ। यो पुस्तक विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सकिनेछ।

साथै थुप्रै डटकमबाट इबुक पनि किन्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .