ad ad

लुम्बिनी


बेलहिया नाका हुँदै भित्रिनेमा कोरोना संक्रमणदर बढ्याे

बेलहिया नाका हुँदै भित्रिनेमा कोरोना संक्रमणदर बढ्याे

सुदीप भण्डारी
साउन १५, २०७९ आइतबार १५:५१, बुटवल

रुपन्देहीको बेलहिया नाका भएर नेपाल भित्रनेहरुमा पछिल्लो पटक कोरोना संक्रमण दर बढेको छ।

भारतका विभिन्न ठाउँमा संक्रमण देखिएसँगै नेपाल भित्रनेहरुमा पनि संक्रमण बढेको हो। शनिवार मात्र २६० जनामा परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

त्यस्तै शुक्रबार १९० जनामा परीक्षण गर्दा १५ जना, बिहीवार १२० जनामा ४ जना र बुधबार २१६ जनामा १० जनामा पोजिटिभ देखिएको बेलहिया हेल्थ डेक्सका ल्याब फोकल पर्सन लोकनाथ कँडेलले बताए। 

यो महिनामा साउन ६ गते शुक्रबार सबै भन्दा धेरै जनामा पोजिटिभ देखिएको छ। यो दिन २७० जनामा परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको थियो। 

वैशाख १५ अघिका केही महिना नेपाल भित्रनेहरुमा दैनिक संक्रमणदर शून्य जस्तै थियो। त्यस यता जेठको मध्यसम्म एकाध जनामा दिन बिराएर पोजिटिभ देखिने गरेको थियो। जेठको मध्येबाट दिनहुँ जसो पोजिटिभ केस देखिएको कँडेलले बताए। साउन लागेपछि दैनिक संक्रमणदर अझै बढेको हो। 

सिमानाका बेलहियामा प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र सिद्धार्थनगर नगरपालिका मिलेर हेल्थ डेक्स स्थापना गरेका छन्। सीमामा स्थानीय रुपमा ओहोर दोहोर गर्नेको परीक्षण गरिँदैन। तर भारतबाट घर फर्केका नेपाली कामदार र नेपाल घुम्न आउने भारतीय पर्यटकहरुको मात्र परीक्षण गरिन्छ। 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बढी मात्रामा नेपाल घुम्न आउने भारतीय पर्यटकमा संक्रमण देखिएको बताए। 

‘गाडी लिएर घुम्न आउने भारतीयमा धेरै जसो पोजिटिभ देखिएको छ। नेपालीहरुमा कुनै दिन देखिन्छ कहिले देखिँदैन’ उनले भने, ‘भारतीयहरुमा देखियो भने हामी उतै फर्काउँछौं। तर केही भारतीयहरु अर्को नाका प्रयोग गरेर पनि आउने गरेका छन्।’

नेपालीलाई भने सुरक्षाकर्मीहरुको जिम्मा लगाउने र गाडी व्यवस्था गरेर जान आग्रह गरिएको शाहले बताए। 

कोरोना संक्रमणको प्रभाव घट्दा नेपालको पर्यटक क्षेत्रमा सुधार आउन थालेको थियो। तेस्रो मुलुकका पर्यटक नआएपनि भारतीय पर्यटकहरुको राम्रै आगमन थियो। उनीहरु बुद्ध जन्मस्थल लुम्बिनीसहित पाल्पा, पोखरा लगायतका स्थानमा गाडी लिएरै घुम्न आउने क्रम बढेको थियो।

तर पछिल्लो समय संक्रमण बढ्दा भारतीय पर्यटकको आगमनमा पनि केही असर परेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .