ad ad

लुम्बिनी


कांग्रेसमा समानुपातिकको सकस : लुम्बिनीबाट मात्रै संघमा १६६ सिफारिस

कांग्रेसमा समानुपातिकको सकस : लुम्बिनीबाट मात्रै संघमा १६६ सिफारिस

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १७:२६, काठमाडौँ

राजनीतिक दलहरु आगामी मंसिर ४ का लागि तय भएको संघीय र प्रादेशिक निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार छनौटका लागि गृहकार्य गरिरहेका छन्। 

सत्ताको नेतृत्व गरिररहेको नेपाली कांग्रेस प्रनिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार छनौटका लागि मापदण्ड बनाएर गृहकार्य गरिरहेको छ। 

देशभरबाट समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा सांसद बन्ने आकांक्षी धेरै देखिएपछि कांग्रेस उम्मेदवार छनौटका लागि सकसमा छ। 

सात वटै प्रदेश कार्यसमितिमार्फत् तल्लो तहहरुबाट सिफारिस भएका उम्मेदवारका आकांक्षी धेरै भएका कारण कांग्रेसलाई सकस परेको हो। 

प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका ११० सांसद हुन्छन्। अर्थात देशभर समानुपातिक प्रणालीतर्फको सिट संख्या ११० छ। 

तर, लुम्बिनी प्रदेशका १२ जिल्लाबाटमात्रै १६६ जनाले समानुपातिकतर्फको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। 

कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिले जिल्ला कार्यसमितिहरुबाट आएको सिफारिसका आधारमा केन्द्रीय कार्यसमिति समक्ष १६६ जनाको नाम सिफारिस गरेको छ। 

लुम्बिनी प्रदेशमा २६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन्। लुम्बिनीका ५२ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रबाट समानुपातिक प्रणालीतर्फ उम्मेदवारका लागि ५४४ जनाको आकांक्षीको नाम सिफारिस भएको छ। 

जसमध्ये अर्घाखाँची–१ ‘ख’ र बाँके–२ ‘ख’ बाट सबैभन्दा बढी २५–२५ जनाको नाम केन्द्रमा सिफारिस भएको छ। 

प्रतिनिधिसभातर्फ अर्घाखाँचीबाट ७, बाँके–१ बाट ३, बाँके–२ बाट १४, बाँके–३ बाट ९, बार्दिया–१ बाट ११, बर्दिया–२ बाट १५ जनाको नाम समानुपातिक निर्वाचन प्रणालीतर्फ सिफारिस गरिएको लुम्बिनी प्रदेश कार्यसमितिले जनाएको छ।

प्रदेश कार्यसमितिका अनुसार दाङ–१ बाट ७, दाङ–२ बाट ८, दाङ–३ बाट ६, गुल्मी–१ र २ बाट समान ३/३, कपिलवस्तु–१ बाट ७, कपिलवस्तु–२ बाट ५, कपिलवस्तु–३ बाट १ जनाको नाम सिफारिस भएको छ। 

यस्तै, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१ बाट ४ र २ बाट ३, पाल्पा–१ बाट ४ र २ बाट ७, प्युठानबाट ९, रोल्पा र रुकुम पूर्वबाट समान २/२ र रुपन्देही–१ बट ६, २ बाट ९, ३ बाट २, ४ बाट ५ र ५ बाट १४ जनाको नाम संघीय सांसदको उम्मेदवारका लागि सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनको सचिवालयले जनाएको छ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .