लुम्बिनी


रूपन्देहीको देवदहमा दम्पती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

रूपन्देहीको देवदहमा दम्पती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १०:३४, काठमाडौँ

रूपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन्।

देवदह  नगरपालिका–५ पाल्पाली टोलमा आज बिहान घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको  शव पंखामा झुण्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

आफन्तलाई बोलाएर ढोका खोल्ने र थप अनुसन्धान अगाडी बढाउने रुपन्देहीका प्रहरी प्रमुख एसपी रबीन्द्र रेग्मीले जानकारी दिए।

बोलिन्द्र केही समय पहिले मात्रै बैदेशिक रोजगारीबाट फर्किएका हुन्। घरायसी झगडाका कारण उनले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान प्रहरीको छ।

घटना बारे थप अनुसन्धान जारी रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad