ad ad

लुम्बिनी


गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

नेपालखबर
माघ १५, २०७९ आइतबार १४:२८, बुटवल

गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका ७ वामिटक्सारमा ५७ वर्षीया गंगा शेरचनको शव घर भित्रै फेला परेको हो।

शव घरभित्रै रहेको र बाहिरबाट हेर्दा हात खुट्टा बाँधेको अवस्थामा देखिएको मुसिकोट ७ का वडाध्यक्ष हरिहर सापकोटाले बताए। 

उक्त घरमा उनी होटल चलाएर एक्लै बस्ने गर्दथिन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको छ। 

घटनाबारे अनुसन्धान भइरहेको गुल्मीका डीएसपी माधवराज खरेलले बताए। घटनाको अनुसन्धानको लागि कुकुर ल्याउने तयारी पनि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .