पाल्पामा शनिबार बिहान ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार आमाछोराको मृत्यु भएको छ। जिल्लाको बग्नासकाली गाउँपालिका ९ गुनठाँटीमा तानसेनबाट झिरुभन्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८४४ नम्बरको ट्याक्टरले लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटरमा सवार तानसेन १३ का १९ वर्षिय अभिषेक थापा र ३९ वर्षकी मीना थापा मिथुन गम्भीर घाइते भएका थिए।
दुवैजनालाई जिल्ला अस्पताल पाल्पा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताए।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक धादिङ रोडाङ गाउँपालिका ९ का हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
माघ २१, २०७९, शनिबार
प्रतिक्रिया