ad ad

राजनीति


क्यानको निर्णयप्रति कांग्रेस उपसभापतिको आपत्ति– बलात्कार अभियोग लागेका व्यक्तिलाई उन्मुक्ति!

क्यानको निर्णयप्रति कांग्रेस उपसभापतिको आपत्ति– बलात्कार अभियोग लागेका व्यक्तिलाई उन्मुक्ति!

नेपालखबर
माघ २१, २०७९ शनिबार १३:३७, काठमाडौँ

बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्‍यान) ले निलम्बन फुकुवा गरी नेपाल क्रिकेट टिमको कप्तान पदमा फर्काएकाप्रति नेपाली कांग्रेसका एकपछि अर्का नेताले आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापापछि उपसभापति पूर्णबहादुर खड्काले बलात्कार घटनाका अभियुक्त लामिछानेलाई मुद्दा किनारा नलाग्दै क्यानले पदमा फर्काउँदै बन्द प्रशिक्षणमा सहभागी गराएपछि विरोध गरेका हुन्। 

यसअघि शुक्रबार कांग्रेसका महामन्त्रीद्वय शर्मा र थापाले अलग अलग रूपमा सामाजिक सञ्जालमार्फत घटनाको विरोध गरेका थिए। 

यसपछि आज शनिबार कांग्रेसकै उपसभापति खड्काले पनि सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्।  

नाम नतोकीकन खड्काले लेखेका छन्, ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडि लोकप्रिय होलान्, यो बेग्लै कुरा हो। तर बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन। सम्बन्धित संस्थाको तत्काल गम्भीर ध्यान जाओस्।’ 

बलात्कार अभियोगमा ९९ दिन जेल बसेर धरौटीमा रिहा भएका क्यानले कप्तानमा फर्काउँदै बन्द प्रशिक्षणमा समेत सहभागी गराइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .