राजनीति


नारायणकाजी भन्छन्–सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा पर्‍यो

नारायणकाजी भन्छन्–सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा पर्‍यो

नेपालखबर
साउन ७, २०८३ बिहिबार १६:५९, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार जनादेशको पालना नगरी उल्टो बाटोमा हिँडेको भन्दै चर्को आलोचना गरे। 

नेता श्रेष्ठले संविधान निर्माणमा भूमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेता श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए। उक्त अभिव्यक्ति झूट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती रहेको टिप्पणी गर्दै उनले त्यसरी अभिव्यक्ति दिँदा पनि प्रधानमन्त्रीले हालसम्म आत्मालोचना नगरेको र सत्तारुढ दलकै नेताहरूले त्यसलाई समर्थन गर्नु झनै चिन्ताको विषय भएको बताए।

यस किसिमका गतिविधिले समाजलाई विभाजित गर्दै राज्यलाई फासीवादउन्मुख दिशातर्फ र राष्ट्रघाततर्फ लैजान खोजिएको उनको दाबी थियो।

संविधान संशोधनका नाममा लोकतान्त्रिक व्यवस्था र संविधानका मूल्यमान्यता नै सिध्याउनेगरी सरकार अघि बढिरहेको आरोप लगाउँदै नेता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र व्यवस्थाको रक्षाका लागि सबै देशरक्षक तथा वामपन्थी शक्तिहरू एकताबद्ध हुनपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad