प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत प्रस्थान गरेका छन्।
भारतका समकक्षी सूर्य कान्तको निमन्त्रणामा बिहीबार शर्मा नेतृत्वको भ्रमण दल नयाँ दिल्ली गएको हो।
भ्रमणका क्रममा सर्वोच्च अदालतको समेत अवलोकन गर्ने कार्यक्रभम रहेको सर्वोच्च अदालतले जनाएको छ।
भ्रमण दलमा शर्माकी पत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेतीको समेत सहभागिता छ।
शर्मा नेतृत्वका टोली साउन ११ गते स्वदेश फर्कने सर्वोच्चले जनाएको छ।
3
Shares

प्रतिक्रिया