ad ad

लुम्बिनी


मोरारी बापूको वाचन रोक्न माग गर्दै लुम्बिनीमा प्रर्दशन

मोरारी बापूको वाचन रोक्न माग गर्दै लुम्बिनीमा प्रर्दशन

नेपालखबर
माघ २३, २०७९ सोमबार १६:१५, बुटवल

लुम्बिनीमा भारतीय सन्त मोरारी बापूले रामकथा गर्ने कार्यक्रम तय भएपछि विरोध भइरहेको छ।

संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा कथावाचन रोक्न माग गर्दै आज प्रदर्शन गरेको छ। प्रदर्शनकारीले विहानबाट लुम्बिनीको पर्साचोकमा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका क्रममा बेलाबेलामा तनाव र झडप उत्पन्न भइरहेको छ। प्रदर्शनकारीहरुले लुम्बिनी क्षेत्रमा गैरबौद्व धार्मिक क्रियाकलाप नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन्।

अहिले लुम्बिनीमै प्रदर्शनकारी बौद्ध समाज, विकास कोष, प्रशासन लगायतबीच छलफल चलिरहेको छ। 

माघ २१ गतेबाट रामकथा वाचन गर्ने कार्यक्रम तय भएको थियो। विवाद उत्पन्न भएपछि कार्यक्रम ३ दिन पछि सारेर २४ गते मंगलबारबाट गर्ने तय भएको छ भने लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सम्बन्धित सबैलाई अपिल गरेको छ। 

आइतबार विज्ञप्ति निकाल्दै कोषले बौद्ध दर्शन, परम्परा विपरित नहुने गरि पवित्र उद्यान बाहिर लुम्बिनी साँस्कृतिक केन्द्रमा रहेको सभाहल मात्र  प्रयोग गर्न दिएको बताएको छ।

कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपाल सरकारको लगानीमा बनेको सभाहल साझा धरोहर रहेको उल्लेख गर्दै कोभिडबाट खुम्चिएको पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरुलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिने गरेको बताए। 

लुम्बिनीमा निर्माण भएको हलमा बुद्ध र लुक्बिनीलाई श्रद्धा राखेर बौद्ध आस्थालाई ठेस नपुर्‍याई गतिविधि गर्न चाहन्छन् भने यसमा आपत्ति गर्नु हुँदैन भन्नै बौद्ध विद्वानहरुको सुझावलाई समेत स्मरण गरेको सदस्य सचिव शाक्यले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .