ad ad

लुम्बिनी


राष्ट्रिय सभा उपनिर्वाचनमा नागरिक उन्मुक्तिलाई तान्ने एमालेको प्रयास

सहमति भए राजेन्द्रवीरको उम्मेदवारी निस्कृय हुने
राष्ट्रिय सभा उपनिर्वाचनमा नागरिक उन्मुक्तिलाई तान्ने एमालेको प्रयास

नेपालखबर
माघ २४, २०७९ मंगलबार १९:५८, बुटवल

लुम्बिनीमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेले नागरिक उन्मुक्ति पार्टीलाई आफूतिर तान्ने प्रयास गरेको छ। 
बुधबार दाङको घोराहीमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदै छ।

उपनिर्वाचनको लागि सत्तारूढ एमालेबाट रोल्पाका कुमार दसौदी, कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट बाँकेका राजेन्द्रवीर राय मैदानमा छन्।

नागरिक उन्मुक्ति सरकारलाई समर्थन गरेको दल हो। तर सत्तारुढ एमालेकै उम्मेद्वारसँग प्रतिस्पर्धामा उत्रिएको छ।

उपनिर्वाचनको अघिल्लो दिन पनि एमालेले नागरिक उन्मुक्तिसँग छलफल गरि आफूसँग तान्ने प्रयास गरेको छ। नागरिक उन्मुक्तिका प्रदेस सांसद राजकुमार चौधरीले केन्द्रमा कुरा भइरहेको र सहमति भएमा आफ्नो पार्टीका राजेन्द्रवीरको उम्मेद्वारी निस्कृय पनि हुन सक्ने बताए।

‘सकभर गठबन्धनलाई नै प्राथमिकता दिने हो। केन्द्रमा छलफल गरिरहनुभएको छ’ उनले भने,  ‘कुरा मिल्यो भने हाम्रो उम्मेद्वारी निस्कृय पनि हुन सक्छ।’  

नेकपा एमाले सांसद भूमिश्वर ढकालले नागरिक उन्मुक्तिसँग एमालेको छलफल भइरहेको बताए।

‘अलिकती छलफल भएको छ। कुनै निष्कर्षमा पुगिएको छैन’ उनले भने।

बुधबार विहान १० बदेदेखि दिउँसो ३ बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा राष्ट्रिय सभा उपनिर्वाचनको लागि मतदान हुँदै छ।

दुई वटा मतदान केन्द्र बनाइएकोमा क केन्द्रमा प्रदेश सांसदहरु र ख केन्द्रमा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहन्द्र कुँवरले जानकारी दिए।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन्। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ।

मतदान सकिएको आधा घण्टाभित्र मतगणना सुरु हुने र गणना सुरु भएको डेढ घण्टाभित्रै नतिजा आउने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .