लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ।
मुख्यमन्त्री लिला गिरिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार बेलुका ७ जना मन्त्री थप गर्दै कार्यविभाजन समेत गरेका थिए।
स्थायी राजधानी दाङको देउखुरीमा आइतबार दिउसो १ बजे मन्त्रीहरूको सपथग्रहण हुने कार्यक्रम छ।
माओवादी केन्द्रका दलका नेता जोखबहादुर महरा आर्थिक मामिला मन्त्री भएका छन्।
एक महिना सम्म विनाविभागीय रहेका एमालेका चेतनारायण आचार्यले खानेपानी, ग्रामिणविकास तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
अर्की विनाविभागीय मन्त्री कृष्णा केशीले आर्थिक मामिला, कानून तथा सहकारी मन्त्रालय लिने भएकी छन्।
विनाविभागिय रहेकी केशीले शनिवार राजिनामा दिएकी थिइन तर उनको राजिनामा स्वीकृत भएको थिएन।
माओवादी केन्द्रका इन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्। एमालेका विष्णु प्रसाद पन्थी स्वास्थ्य मन्त्री नियुक्त भएका छन्।
एमालेकै दुर्गाप्रसाद चौधरी वनतथा वातावरण मन्त्री, तुुल्सीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन्।
राप्रपाका जानकी प्रसाद यादवले उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय पाएका छन्। जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री भएका छन्।
प्रतिक्रिया