ad ad

कारोबार


उपत्यका बाहिरका पब्लिक क्याम्पसहरूलाई निःशुल्क ब्रोडव्याण्ड इन्टरनेटको सुविधा

उपत्यका बाहिरका पब्लिक क्याम्पसहरूलाई निःशुल्क ब्रोडव्याण्ड इन्टरनेटको सुविधा

नेपालखबर
माघ २९, २०७९ आइतबार ८:५७, काठमाडौँ

काठमाडौं उपत्यका बाहिरका पब्लिक क्याम्पसहरूले २ वर्षसम्म निःशुल्क रुपमा ब्रोडव्याण्ड इन्टरनेट सुविधा उपभोग गर्न पाउने भएका छन्। यो सुविधा उपत्यका बाहिरका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूले पनि पाउने छन्।

त्रिभुवन विश्वविद्यालय र नेपाल दुरसञ्चार प्राधिकरणबीच केही दिनअघि भएको समझदारीले त्रिविका आंगिक क्याम्पस तथा पब्लिक क्याम्पसहरूलाई ब्रोडव्याण्ड इन्टरनेट सुविधा उपभोग गर्न पाउने वातावरण बनेको हो।

ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्ने सम्बन्धी समझदारी पत्रमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहाल र प्राधिकरणको तर्फवाट अध्यक्ष पुरुषोत्तम खनालले हस्तक्षर गरेका थिए। ५२५ वटा (त्रिवि आंगिक तथा पब्लिक क्याम्पस) तथा संस्कृत विश्व विद्यालयका २१ वटा क्याम्पसहरूले एकैसाथ यो सुविधाबाट लाभान्वित हुने मौका पाउने छन्।

ग्रामीण दुरसञ्चार विकास कोषमा  जम्मा भएको रकम सदुपयोग गरी त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसहरूमा ब्रोडव्याण्ड इन्टरनेट पु¥याउने विषयमा समझादारी पत्रमा हस्ताक्षर भएको छ।

समझादारी पत्रमा उल्लेख भएअनुसार नेपाल दुरसञ्चार प्राधिकरणले त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस गरी ५२५ तथा संस्कृति विश्वविद्यालयका  २१ क्याम्पसहरूमा प्राविधकरणले एकैसाथ ब्रोडव्याण्ड इन्टरनेट जडान गरिदिने छ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा, त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका निर्देशक प्रा. डा सुवर्ण शाक्य, त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका विज्ञ रोमकान्त पाण्डे, नेपाल पव्लिक संघको अध्यक्ष शिवराज सञ्जेल, त्रिवि रजिष्ट्रार कार्यलयका प्रमुख नविन्द्र प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो।

नेपाल पब्लिक संघको अध्यक्ष शिवराज सञ्जेल त्रिवि तथा नेपाल पब्लिक क्याम्पस संघको पहलमा दुरसञ्चार प्राधिकरणले सामुदायिक क्याम्पसहरुको पठन पाठनलाई सहजता तुल्याउन यो खालको समझदारी पत्रमा हस्ताक्षर गर्ने वातावरण बनेको बताए।

उनले भने, ‘यो सम्झौताले इन्टरनेट सुविधा सहज नभएका सामुदायिक क्याम्पस तथा त्रिविका आंगिक क्याम्पसहरुलाई फाइदा हुनेछ।’

उपत्यकाको हकमा दुरसञ्चार प्राधिकरण र त्रिविले छुट्टै खालको समझदारी गर्ने अध्यक्ष सञ्जेलले बताए। 

त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका विज्ञ रोमकान्त पाण्डेका अनुसार इन्टरनेटका सहज पहुँच नभएका दुर्गम क्षेत्रका क्याम्पसहरुले दुई वर्षसम्म ७० एमबीपिएसको ब्रोडब्याण्ड इन्टरनेट सुविधा उपभोग गर्न पाउने बताए।

यसअघि दुरसञ्चार प्राधिकरणले स्वास्थ्य क्षेत्रमा यो खालको इन्टरनेट सुविधा प्रदान गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .