नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश सांसद कृष्णा केसी मुख्यमन्त्री लिला गिरिसँगै एक महिनाअघि मन्त्री बनेकी थिइन्।
एक महिनासम्म बिनाविभागीय रहेकी केसीले शनिवार दिउँसो मन्त्रीबाट राजीनामा दिएको चर्चा चल्यो।
बेलुका नयाँ मन्त्रीको नियुक्तिसँगै कार्यविभाजन तोकिँदा उनको भागमा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय परेको थियो।
नयाँ ७ जना मन्त्रीहरुले आइतबार देउखुरीमा शपथ लिए। तर शपथ ग्रहण समारोहमा उनी देखा परिनन्। शपथमा सहभागी नभएपछि जिम्मेवारी आएको मन्त्रालय सम्हाल्न नजाने संकेत देखिएको छ।
नेपालखबरसँगको कुराकानीमा केसीले शपथ ग्रहण कार्यक्रममा नगएको सुनाइन्। कार्यविभाजनमा परेको मन्त्रालय सम्हाल्ने नसम्हाल्नेबारे निर्णय नगरेको पनि उनले बताइन्।
‘मन्त्रालयको बारेमा के हुन्छ थाह छैन’ उनले भनिन्, हाम्रो पार्टीभित्र र दलमा पनि यसबारे कुनै छलफल चलेको छैन। आफू जानलाई व्यक्तिगत रुपमा कसैले अरु नामहरु पनि दिनुभयो होला।’
गत माघ २५ गते भएको राष्ट्रिय सभाको निर्वाचनमा केसीले कांग्रेसका उम्मेदवारलाई मत दिएको चर्चा पनि छ।
प्रतिक्रिया