लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले शपथ लिएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका चन्द्रकेश गुप्ता, र जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।
अब लुम्बिनी प्रदेश ७ सदस्यीय बनेको छ। लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन्।
चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यता, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. बुद्धबहादुर थापाले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई पनि मुख्यमन्त्री चौधरीले सोमबार नियुक्त गरेका थिए।
जेठ ८, २०८०, साेमबार
30
Shares
प्रतिक्रिया