अर्घाखाँची मालारानीको गोखुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्।
मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार परेको चट्याङले स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो। उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारका क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।
चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चार जनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए।
भदौ १९, २०८०, मंगलबार
15
Shares
प्रतिक्रिया