ad ad

लुम्बिनी


लुम्बिनीका कृषिमन्त्री अहिरले दिए राजीनामा, मुख्यमन्त्रीलाई दबाब

लुम्बिनीका कृषिमन्त्री अहिरले दिए राजीनामा, मुख्यमन्त्रीलाई दबाब

नेपालखबर
चैत २२, २०८० बिहिबार १४:५९, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्।

जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका आहिरले बिहीबार पदबाट राजीनामा दिएका हुन्

फागुन २१ गते केन्द्रको नयाँ सत्ता गठबन्धनमा समावेश जसपाले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि उनले राजीनामा दिएका हुन्।

लुम्बिनीमा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना छैन। यस्तोमा अहिरले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि दबाब बढाएका हुन्। 

विश्वासको मत नपाउने सम्भावना भएपछि कांग्रेसबाट मुख्यमन्त्रीका चौधरीले पनि राजीनामा तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .