गुल्मीमा अरिंगालले टोकेर युवकको मृत्यु भएको छ।
अरिंगालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घरनजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो।
अरिंगालले टोकेर गम्भीर बिरामी परेका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियो। उपचारका क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। रासस
255
Shares
प्रतिक्रिया