लुम्बिनी


रुपन्देही ५ मा रास्वपाका तौफिक खान विजयी

रुपन्देही ५ मा रास्वपाका तौफिक खान विजयी

नेपालखबर
फागुन २३, २०८२ शनिबार १८:३४, बुटवल

रुपन्देहीको क्षेत्र नम्बर ५ प्रतिनिधी सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तौफिक अहमद खान विजयी भएका छन्।

तौफिकले ३८ हजार ८ सय ६ मत ल्याई विजयी बनेका हुन्। यस अघिका यस क्षेत्रबाट नेकपा एमालेका बासुदेव घिमिरे निर्वाचित भएका थिए। 

खान २५ हजार ७ सय ६ मतान्तरले विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिमलाल भट्टराई १३ हजार १ सय मत ल्याएका छन भने तेस्रो स्थानमा नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६ सय २४ मत ल्याए। 

निर्वाचन क्षेत्र नम्बर ५  मा १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेकोमा ८४ हजार ८ सय ३८ जनाले मताधिकार प्रयोग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad