लुम्बिनी


बुटवलमा जीतगढी विजय उत्सव सुरु (तस्बिरहरू)

बुटवलमा जीतगढी विजय उत्सव सुरु (तस्बिरहरू)

प्रदीप आचार्य
बैशाख ७, २०८३ सोमबार १५:५६, बुटवल

बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो।

उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उत्सवको उद्घाटन गरेका छन्।

सो अवसरमा गोर्खाबाट पैदलयात्रा गर्दै आइपुगेको नेपाली सेनाको टोलीलाई स्वागत समेत गरिएको थियो। विभिन्न संघसंस्थाले आ आफ्ना झाँकीहरू प्रस्तुत गरेका थिए भने नेपाली सेनाले समेत प्रदर्शन गरेको थियो।

विसं १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad