लुम्बिनी


साढे ४२ हजार मतले विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी

साढे ४२ हजार मतले विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी

सुलभ खरेल


नेपालखबर
फागुन २३, २०८२ शनिबार १०:१०, बुटवल

रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल विजयी भएका छन्।

लामो समयदेखि रुपन्देहीको राजनीतिमा प्रभाव जमाइरहेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल राष्ट्रिय राजनीतिमा नयाँ तर शक्तिशाली अनुहारका रूपमा उदाएका हुन्।

रुपन्देहीमा लगातार चार निर्वाचन जितेका पौडेलले दोस्रोपटक हार बेहोरेका हुन्। 

२०५६ सालदेखि रुपन्देहीमा चुनाव लडिरहेका पौडेलले २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार जित हासिल गरेका थिए।

तर यसपटक उनी रास्वपाका युवा उम्मेदवार खरेलसँग हारेका हुन्। 

विजयी खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दा पौडेलले १२ हजार ३०२ मत मात्र ल्याए। 

रास्वपाका खरेलले एमाले उपाध्यक्ष पौडेललाई ४२ हजार ६२५ मतान्तरले उछिनेका हुन्।   

यस्तै नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार १६ ल्याएका छन्। 

रुपन्देही २ मा कुल ८६ हजार ५३० मत खसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad