ad ad

मधेस


जनकपुरमा औषधि पसलको अनुगमन दोस्रो दिन पनि

जनकपुरमा औषधि पसलको अनुगमन दोस्रो दिन पनि

शैलेन्द्र महतो
साउन १३, २०७९ शुक्रबार ९:०, जनकपुरधम

औषधि व्यवस्था विभागले जनकपुर अनुगमन जारी राखेको छ।

वीरगन्जस्थित विभागको शाखा कार्यालयको टोलीले दाेस्राे दिन बिहीबार पनि अनुगमन गरेको हो।

अनुगमन थालेपछि दर्ताबिना सञ्चालित औषधि पसल सञ्चालकको भागाभाग भएको छ। 

अनुगमन गरिरहेको सुइँको पाएपछि दर्ता नभएका थुप्रै औषधि पसले पसल बन्द गरेर फरार भएका थिए।

दर्ताबिनै अवैध रुपमा सञ्चालनमा रहेको कारण थुप्रै औषधि पसल अनुगमन  गरिरहेको थाहा पाएर सिल हुन्छ कि भन्ने डरले व्यवसायीले बन्दै राखेको वा बन्द गरेर हिँडेको हुन सक्ने वीरगन्ज फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताए।

अनुगमनका क्रममा विभागले बिना दर्ता सञ्चालित एक औषधि पसल सिल गरेको छ।

रामा मेमोरियल हस्पिटलभित्रको औषधि पसल दर्ता नरहेको पाइएपछि सिल गरेको अधिकृत खानले जानकारी दिए।

यसअघि बुधबार पनि विभागले जनकपुरधाममा अनुगमन गरेको थियो। सो क्रममा दर्ता नरहेका तीनवटा औषधि पसल सिल गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .