ad ad

मधेस


सर्लाहीमा जंगली हात्तीको त्रास, केही घरमा क्षति

सर्लाहीमा जंगली हात्तीको त्रास, केही घरमा क्षति

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०७९ शनिबार २२:११, काठमाडौँ

सर्लाहीमा जंगली हात्तीले क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन्। 

तीन दिन अघिबाट सर्लाहीमा देखा परेका दुईवटा जंगली हात्तीले लालबन्दी नगरपालिका १ नवलपुर क्षेत्रमा केही घरमा क्षति गर्नुका साथै बालीनाली खाएर नष्ट गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले जानकारी दिए।

‘गएको बिहीबार साँझ पहिलोपटक सर्लाहीको बरहथवा ५ को जंगल क्षेत्रमा दुईवटा बयस्क हात्ती देखिएका थिए। तिनै हात्ती अहिले सर्लाहीका विभिन्न ठाउँमा डुलिरहेका छन्,’ अहमदले नेपालखबरसँग भने, ‘हामीले स्थानीयलाई हात्तीबाट जोगिन र गाउँ नजिकै देखिए प्रहरीलाई खबर गर्न भनेका छौँ।’

उनले ती हात्ती शनिबार हरिवन नगरपालिकाको घुर्कौली जंगलमा देखिएका जानकारी दिए। 

ती हात्ती पर्सा राष्ट्रिय निकुञ्जबाट आएको अनुमान वन कार्यालयले गरेको छ। ‘पर्सा राष्ट्रिय निकुञ्जबाट पूर्वतिर गएका हात्ती फर्किंदा सर्लाहीमा देखिएका हुन सक्छन्,’ अहमदले भने, ‘हात्ती आफ्नो रुटमा हिँडिरहेको छ। त्यसलाई डिस्टर्ब नगरी आफ्नो बाटे हिँड्न दियो भने क्षति गर्दैन।’

सर्लाहीको जंगल क्षेत्रमा वर्षेनी निकुञ्जबाट जंगली हात्ती आउने गरेका छन्। त्यसरी आउने हात्तीले वर्षेनी धनजनको क्षति पुर्याउँदै आएको छ। 

केही दिनअघि महोत्तरीको बर्दिवास र गौशाला नगरपालिकामा पनि जंगली हात्तीले क्षति गरेको थियो। तिनै हात्ती अहिले सर्लाहीमा आएको अनुमान वन कार्यालयका कर्मचारीले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .