ad ad

मधेस


निर्वाचन प्रकृया सुरु, प्रदेशसभालाई बेवास्ता

निर्वाचन प्रकृया सुरु, प्रदेशसभालाई बेवास्ता

फाइल तस्बिर


जयन्त ठाकुर
असोज ३, २०७९ सोमबार १४:८, काठमाडौँ

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रकृया सुरु भइसकेको छ।

दलहरुले समानुपातिक सुची बुझाइरहँदा मंसिर ४ गते हुने निर्वाचनको प्रकृया सुरु भएको हो।

यद्यपि अहिले पनि प्रदेश सरकारले प्रदेशसभालाई बेवास्ता गरेको पाइएको छ। निर्वाचन प्रकृया शुरु हुनुभन्दा एक दिन अगाडी मात्रै प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरियो। तर मधेश प्रदेश सरकारले प्रदेशसभाको अर्को अधिवेशन डाक्न सकेको छ न त प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सकेको छ।

सुरुवाती दिनमा मधेश सरकारले प्रदेशसभाबाट कानून निर्माणमा तदारुकता देखाएपनि पछिल्ला केही वर्षमा सरकार र प्रदेशसभा सदस्यहरु प्रदेशसभाप्रति उदासिन देखिए।

प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट पारित गरेसँगै ९औं अधिवेशन स्थगित गरेको थियो। अधिवेशन स्थगित भएको दुई महिना भईसक्दा समेत अर्को अधिवेशन बोलाउने कुनै सम्भावना छैन्।

प्रदेशसभाप्रति सरकार र सत्ताधारी दलहरु मात्रै नभई अन्य दलका प्रदेशसभा सदस्यहरु समेत गम्भिर छैनन्, मधेश प्रदेशसभाका सचिव रंजित यादवले भने ‘प्रदेशसभाको अधिवेशन कहिले अन्त्य हुने हो भन्ने विषयमा केही भन्न सक्दिन।’

निर्वाचन नजिकिएको छ, प्रदेशसभा सदस्यहरु आ–आफ्नो चुानवी तयारीमा लागेका छन् मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले चाँडै नै प्रदेशसभा अन्त्य गर्ने प्रकृया अगाडी बढाइने जानकारी दिए।

प्रदेशसभाका सभामुख सरोज यादवको बुवाको निधन भएकाले उनी जनकपुरधाममा उपलब्ध नहुँदा प्रदेशसभाको अधिववेशन अन्त्य गर्न कठिनाई भएको मन्त्री साहले जानकारी दिए। सभामुख २ दिन पछि जनकपुरधाम पुग्ने र सरकारले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रकृया अगाडी बढाउने मन्त्री साहको भनाई छ।

यता, प्रदेश सरकारको भ्रष्टाचारहरूको विषयमा सदनमा आवाज उठ्ने डरले नै प्रदेश सरकारले २  महिनासम्म प्रदेशसभा बैठक नडाकेको आरोप प्रतिपक्षी दलको रहेको छ।

प्रदेश सरकार आफ्नो पूरै कार्यकाल भ्रष्टाचारमै लिप्त रह्यो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सचेतक परमेश्वर साहले भने,  ‘प्रदेश सरकार कमिशन र भ्रष्टाचारमै लिप्त रह्यो, जनताको ईच्छा अकांक्षासंग प्रदेश सरकारको कुनै मतलब नै देखिएन।’ 

प्रदेश सरकार प्रदेशसभाप्रति पनि उदासिन रहेको लोसपाका सचेतक साहको आरोप छ । 

५ वर्षको अवधिमा २ सय २३ पटकका प्रदेशसभाको बैठक बसेकोमा ५५ वटा विधेयक मात्रै पारित गर्न सकेको छ। यसका साथै कयौँ विधेयकहरु अहिले पनि समितिमै अड्किएको छ।

प्रदेशसभाको पछिल्लो बैठक असार ३२ गते बसे यता अहिलेसम्म बैठक डाक्ने कुनै छाँटकाँट छैन।

प्रदेशसभाका सचिव यादवले पनि अब फेरी प्रदेशसभाको बैठक डाक्ने कुनै सम्भावना नरहेको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .