ad ad

मधेस


मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई काम नगराउन उच्च अदालतको आदेश

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई काम नगराउन उच्च अदालतको आदेश

जयन्त ठाकुर
असोज ६, २०७९ बिहिबार १९:४३, जनकपुरधाम

उच्च अदालत जनकपुरले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारको हैशियतमा डा. विनोदकुमार यादवलाई काम नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

देवानन्द झाले रजिष्ट्रार यादवको नियुक्तिलाई लिएर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषण मिश्रित परमादेश मुद्दामा उच्च अदालत जनकपुरले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालत जनकपुरका न्यायाधीश रामेश्वर रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो।

अन्तरिम आदेश जारी हुने सम्बन्धमा दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म डा. यादवलाई रजिष्ट्रारको हैसियतमा कामकाज नगर्न अल्पकालिन अन्तरिम आदेश दिइएको छ।

निवेदककातर्फका वरिष्ठ अधिवक्तात्रय नागेन्द्र लाभ कर्ण, देवेन्द्र ठाकुर निराल र श्याम कुमार मिश्रले बहस गरेका थिए।

निवेदकले अन्तरिम आदेशको समेत माग गरेकोले सो सम्बन्धमा दुवै पक्षको छलफलबाट अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निष्कर्षमा पुग्न उचित हुने भएकोले सो सम्बन्धी छलफलका लागि २०७९ असोज २७ गतेको समय दिइएको छ।

साथै अन्तरिम आदेश जारी हुने सम्बन्धमा दुवै पक्षको छलफलबाट टुङ्गो नलागेसम्म विपक्षी डा. विनोद कुमार यादवलाई रजिष्ट्रारको हैसियतमा काम गर्न नदिनु/नलगाउनु भनी विपक्षी मध्ये मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा उपकुलपति रामकेवल साहको नाममा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .