ad ad

मधेस


मह काढ्ने क्रममा घारेले टोक्दा छतबाट खसेर मृत्यु

मह काढ्ने क्रममा घारेले टोक्दा छतबाट खसेर मृत्यु

झनक कार्की


नेपालखबर
मंसिर १७, २०७९ शनिबार १४:६, सर्लाही

सर्लाहीको हरिवनमा घारेको मह काढ्ने क्रममा छतबाट लडेर एक युवकको मृत्यु भएको छ। 

गएराति हरिवन ८ स्थित इन्दु शंकर चिनी उद्योग परिसरमा घारेको मह काढ्ने क्रममा लडेर हरिवनकै वडा नम्बर ११ का करिब ४० वर्षीय झनक कार्कीको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय (हरिवन) का प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार कार्की राति करिब १० बजे मह काढ्न घारेको गोलामा पुगेका थिए। मह काढ्ने क्रममा उनलाई घारेले टोक्न थालेपछि उनी करिब ५० फिट माथिबाट तल खसेका थिए। 

गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि तत्कालै हरिवनस्थित नमुना अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भरतपुर लैजाने क्रममा निजगढ पुग्दा उनको मृत्यु भएको इन्सपेक्टर ताम्राकारले जानकारी दिए। 

कार्की इन्दु शंकर चिनी उद्योगका कर्मचारीसमेत हुन्। केही वर्षदेखि उनी उद्योगको सुरक्षा गार्ड थिए। कार्कीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल (मलंगवा) लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .