मधेस


माछाको भूरा वितरणमा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा

माछाको भूरा वितरणमा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा

नेपालखबर
असार २६, २०८३ शुक्रबार १८:१२, काठमाडौँ

धनुषामा माछाको भुरा वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालयका तत्कालीन प्रमुख र प्रोपराइटरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 
आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७४/०७५ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय, धनुषाबाट सञ्चालित मत्स्य सुपरजोन कार्यक्रमअन्तर्गत माछाको भुरा वितरणका नाममा नक्कली कागजात तयार पारेर सरकारी रकम दुरुपयोग गरी भ्रष्टाचार गरिएको भनिएको छ।
 
अनुसन्धानका क्रममा मत्स्य भुरा वितरणका लागि विनियोजित २ करोड ३४ लाख २८ हजार रूपैयाँमध्ये नक्कली लाभग्राही खडा गरेर अस्तित्वमै नभएका माछा फार्म देखाउने तथा भुरा नपाएका व्यक्तिको नाममा समेत झुटा विवरण तयार गरी ७२ हजार ५९ हजार ९० रुपैयाँ सरकारी रकम हिनामिना गरिएको अख्तियारको आरोप छ।

आयोगले तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, तत्कालीन लेखापाल रामचन्द्र ठाकुर, तत्कालीन प्राविधिक सहायक देवेन्द्रलाल कर्ण तथा सुदेश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

आरोपपत्र अनुसार तीन जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) बमोजिम जनही ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो कायम गरी सोही बराबरको बिगो असुल तथा कानुनबमोजिम सजायको माग गरिएको छ। 

त्यसै गरी निजी पक्षका रामसुदेश रायविरुद्ध पनि सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को देहाय (ङ) बमोजिम सजायको माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad