मधेस


मधेस प्रदेश : सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी दर्ता

मधेस प्रदेश : सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी दर्ता

जयन्त ठाकुर
पुस ३०, २०७९ शनिबार १५:५, जनकपुरधाम

मधेश प्रदेशको सभामुखका लागि दुई प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छ्न्। 

सभामुखका लागि एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र  नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धन बाट उम्मेदवारी दिएका एमालेका उम्मेदवार मण्डल धनुषा १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन भने कांग्रेसका उम्मेदवार राय सर्लाही २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका संसदीय दलको नेता भरत साह, जनमतको संसदीय दलको नेता महेश यादव लोसपाकी रानीशर्मा तिवारी लगायतका रहेका छन्।

त्यस्तै कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव रहेका छन्।

सभामुख पदका लागि माघ २ गते निर्वाचन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .