खेल


न्यू डायमण्ड र पुलिस उपाधिका लागि भिड्ने

न्यू डायमण्ड र पुलिस उपाधिका लागि भिड्ने

नेपालखबर
पुस ३०, २०७९ शनिबार १५:१३, काठमाडौँ

सातौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब क्लब भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित कर्भडहलमा शनिबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै साविक विजेता डायमण्डले पुलिस क्लबसँगको भेट पक्का गरेको हो। 

पहिलो सेट २५–१७ ले गुमाएको डायमण्डले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–१९ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेटमा आर्मीलाई २५–१६ ले हराएको डायमण्डले चौथो सेटमा २५–१८ ले आर्मीलाई पाखा लगाएको हो। 

यसअघि आजै भएको महिलातर्फको पहिलो सेमिफाइनलमा साविक उपविजेता एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको थियो। 

प्रतिस्पर्धात्मक खेलको पहिलो सेमिफाइनलमा पुलिस क्लबले एपीएफलाई ३–२ को सेटमा हराएको हो। 

पहिलो सेटमा २५–१५ ले आफ्नो पक्षमा पारेको पुलिस क्ललबे दोस्रो सेट १७–२५ ले गुमाएको थियो। 

तेस्रो सेट पनि २१–२५ ले गुमाएको पुलिस क्लबले चौथो सेटमा २५–२१ ले जित्दै खेलमा पुनरागमन गरेको थियो। पाँचौ तथा अन्तिम सेटमा १५–७ ले एपीएफलाई हराउँदै पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको हो। 

पुरुषतर्फको सेमिफाइनल खेल पनि आजै हुँदैछन्। फाइनल खेल आइतबार हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .