खेल


‘गोल्डेन बुट’को दौडमा एम्बाप्पे र हालान्डलाई मेसीले उछिने

‘गोल्डेन बुट’को दौडमा एम्बाप्पे र हालान्डलाई मेसीले उछिने

नेपालखबर
असार २४, २०८३ बुधबार ८:१६, काठमाडौँ

अर्जेन्टिनाका कप्तान लियोनल मेसी जारी विश्वकपको हालसम्मका खेलमा सर्वाधिक गोलकर्ता बनेका छन्। 

राउन्ड अफ १६ को खेल सकिएर अन्तिम ८ टोली (क्वार्टरफाइनल)को टुंगो लाग्दा मेसी ८ गोलसहित अग्रस्थानमा छन्।

फ्रान्सका किनियल एमबाप्पे र नर्वेका इर्लिङ हालान्डले ७/७ गोलसहित मेसीलाई पछ्याइरहेका छन्।

विश्वकपमा खेलाडीहरूबीच व्यक्तिगत अवार्डको रुपमा रहने ‘गोल्डेन बुट’ (सुनको जुत्ता)को लागि पनि तिव्र प्रतिस्पर्धा हुन्छ। 

२७ वर्षीय एमबाप्पे २९ वर्षीय मेसीभन्दा १ गोलले पछि भए पनि उनको नाममा २ असिस्ट गोलसमेत छ। 

मेसीले जारी विश्वकप २०२६ का सबै सबै ५ खेलमा गोल गरेका छन् भने २५ वर्षीय स्टार खेलाडी हालान्डले पनि आफूले खेलेका सबै पाँचै खेलमा गोल गरेका छन्।

एमबाप्पे भने जारी विश्वकपमा आफूले खेलेको १ खेलमा गोल गर्नबाट चुकेका छन्। एमबाप्पेले समूह चरणमा फ्रान्सले नर्वेविरुद्ध खेलेको खेलमा गोल गर्न सकेनन्। जुन खेलमा फ्रान्स ४-१ ले विजयी भएको थियो। 

त्यसबाहेक उनले इराक, सेनेगल, स्विडेन र पाराग्वेविरुद्ध गोल गरेका छन्। 

त्यसैगरी इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि जारी विश्वकपमा ६ गोल गरेर मेसी, एमबाप्पे र हालान्डलाई पछ्याइरहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad