अन्तिम मिनेटमा एन्जो फर्नान्डेजले गरेको गोलको मद्दतमा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकपमा इजिप्टलाई ३-२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा गएराति भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टविरुद्ध जित हासिल गरेको हो।
७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिना अन्तिम १३ मिनेटमा ३ गोल फर्काउन सफल भएको हो।
दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाएका हुन्।
त्यसअघि खेलको १५औँ मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ६७औँ मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।
त्यसपछि ७९औँ मिनेटमा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले गोल गर्दै टोलीलाई २–१ गोलको स्थितिमा ल्याए।
यसपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ८३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
अनि इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए।
यसरी अन्तिम क्षणमा टोलीको जित हुँदा मेस्सी अत्यन्तै भावुक भए र खुसीले आँसु थाम्न सकेनन्।
हेर्नुहोस् केही तस्बिर





Shares

प्रतिक्रिया