मधेस


विपन्न परिवारमा तिम्ल्याहा शिशु जन्मिएपछि नगरपालिकाले किनिदियो लैनो भैँसी

विपन्न परिवारमा तिम्ल्याहा शिशु जन्मिएपछि नगरपालिकाले किनिदियो लैनो भैँसी

नेपालखबर
माघ २१ , सर्लाही

सर्लाहीको मलंगवा नगरपालिकाले स्थानीय एक विपन्न परिवारलाई लैनो भैँसी सहयोग गरेको छ। विपन्न परिवारमा तिम्ल्याहा शिशुको जन्म भएपछि नगरपालिकाले भैँसी दिएर सहयोग गरेको हो।

सर्लाही सदरमुकामसमेत रहेको मलंगवा –६, खुटौनाका जितेन्द्रकुमार रायकी पत्नी गीतादेवीले केही दिनअघि तिम्ल्याहा शिशु जन्माएकी थिइन्। 

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राय परिवारमा ३ शिशुको जन्म भएपछि बालबच्चाको लालनपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लैनो भैँसी सहयोग गरिएको मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवले जानकारी दिए।

‘उहाँहरुलाई जीविकोपार्जनकै समस्या थियो, त्यसमाथि तीन शिशुको जन्म भएपछि झन् गाह्रो हुने देखेर लैनो भैँसी सहयोग गरेका हौँ,’ मेयर यादवले भने, ‘अब शिशुहरुलाई दूधको अभाव हुँदैन। एक छाकको दूध बेचेर पनि घर व्यवहार चलाउन सकिन्छ।’ 

नगरपालिकाले भैँसी खरिदका लागि ९२ हजार रुपैयाँ दिएको थियो। सोही रकमबाट लैनो भैँसी खरिद गरेको जितेन्द्र यादवले बताए। 

प्रदेशसभा सदस्य कौशलकिशोर राय, मेयर नागेन्द्र प्रसाद यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम र मलंगवा ६ का वडाध्यक्ष रामकैलाश रायले  घरमै पुगेर राय दम्पतीलाई भैँसी खरिदका लागि ९२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

माघ २१, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.